दफा १०
हाजिरी र बिदा सम्बन्धी व्यवस्था
(१) प्रत्येक व्यवस्थापकले सञ्चार प्रतिष्ठानमा काम गर्ने श्रमजीवी पत्रकारहरूको हाजिरी किताब राख्नु पर्नेछ ।
(२) प्रत्येक श्रमजीवी पत्रकारले व्यवस्थापकले तोकेको समयमा नियमित रूपले आफ्नो कार्यालय वा कार्यक्षेत्रमा उपस्थित भई काम गर्नु पर्नेछ । सामान्यतया बिदा स्वीकृत नगराई कार्यालय वा कार्यक्षेत्रमा अनुपस्थित हुनु हुँदैन ।
(३) श्रमजीवी पत्रकारहरूले पाउने सार्वजनिक बिदा, भैपरी आउने तथा पर्व बिदा, बिरामी बिदा, घर बिदा, सुत्केरी बिदा, सुत्केरी स्याहार बिदा, किरिया बिदा र बेतलवी बिदा तोकिए बमोजिम हुने छन् ।